फाल्गुण २० २०८२, बुधवार

सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम म्याद (अल्टिमेटम)

Ads

सरकारले फेसबुक, टिकटक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम म्याद (अल्टिमेटम) दिएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः बन्द (निष्क्रिय) गर्दै जाने निर्णय गरेको हो।

Ads

‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ तथा सर्वोच्च अदालतको आदेशबमोजिम सञ्चालकहरूलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो निर्णय लिइएको हो।

तोकिएको अवधिमा दर्ता प्रक्रियामा नआउने वा सम्पर्क नगर्ने प्लेटफर्महरूलाई नेपाल दूरसञ्चार प्राधिकरणमार्फत बन्द गर्न निर्देशन दिइनेछ।

Ads

यद्यपि, सरकारले दर्ता प्रक्रियामा आएलगत्तै बन्द गरिएका सञ्जालहरूलाई पुनः सञ्चालनमा ल्याइने निर्णय पनि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का थप निर्णयहरू :

Ads

नागरिक न्युज बाट साभार  

प्रतिक्रिया

सम्बन्धित समाचार