असार ०९ २०८३, मंगलबार

सरकारको निर्णयपछि ‘हाम्रो पात्रो’ सञ्चालनमै, मेटाले देखायो सूचीकरण चासो

Ads

काठमाडौं । सरकारले केही सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन दिए पनि लोकप्रिय एप ‘हाम्रो पात्रो’ भने सञ्चालनमै रहने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार ‘हाम्रो पात्रो’ ह्वाइटलिस्टमा सूचीकृत भइसकेकाले यसलाई तत्काल बन्द नगर्ने निर्णय गरिएको हो।

Ads

यसैबीच, फेसबुकको मातृ कम्पनी मेटाले पनि नेपालमा सूचीकरणका लागि चासो देखाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मेटाको सिंगापुरस्थित प्रतिनिधिले आवश्यक कागजातबारे जानकारी मागिसकेका छन् र नेपाल पक्षले जवाफ पठाइसकेको छ।

प्रवक्ता ठाकुरका भनाइअनुसार, ‘हाम्रो पात्रो’ सूचीकरण प्रक्रियामा अघि बढेको भए पनि मेटा अन्तर्गतका अन्य एप वा साइटहरू भने अझै ह्वाइटलिस्टमा समावेश भएका छैनन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार