वैशाख १८ २०८३, शुक्रबार

गौरादहमा सारथी युवा क्लबद्वारा शान्ति–सुरक्षा विषयक अन्तर्क्रिया सम्पन्न

Ads

 

गौरादह । गौरादह–डिपुचोकस्थित माछा पुछ्रे होटलको सभा हलमा सारथी युवा क्लबको आयोजनामा समाजमा शान्ति र सुरक्षा कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

Ads

हिजो शुक्रबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गौरादह नगर प्रमुख छत्रपति सुवेदी रहनुभएको थियो भने क्लबका अध्यक्ष गोविन्द कंडेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मन्तोष बिमलीले राख्नुभएको थियो भने सञ्चालन भानु आचार्याले गर्नुभएको थियो।

कार्यक्रममा नगर भित्रका विभिन्न सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले समाजमा सुरक्षा सुदृढ गर्न सीसी क्यामेरा जडान, सडक बत्तीको व्यवस्थापन, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, लागू पदार्थ न्यूनिकरण लगायतका विषयमा सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

Ads

सारथी युवा क्लब गौरादहका ४० वर्ष ननाघेका स्वतन्त्र युवाहरूले स्थापना गरेको संस्था हो। यस संस्थाले नगरभित्रका सामाजिक गतिविधिमा सक्रिय भई स्थानीय सरकारका नीति तथा कार्यक्रमको सकारात्मक र नकारात्मक पाटोतर्फ ध्यानाकर्षण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार