वैशाख ०८ २०८३, मंगलबार

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा युवाहरूको सांकेतिक प्रदर्शन, प्रहरीले गर्‍यो नियन्त्रण

Ads

काठमाडौं, २१ भदौ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौं बानेश्वरमा आयोजित प्रदर्शनमा पाँच जना युवाहरू पक्राउ परेका छन्। ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्य सुजन राज गिरी र धिरज सञ्जेल तथा सदस्य आशिष शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रदर्शनकारीहरूले मास्क र कालो टेप लगाएर सांकेतिक विरोध गरेका थिए। उनीहरूका अनुसार अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु उनीहरूको मुख्य उद्देश्य थियो। संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार