फाल्गुण २० २०८२, बुधवार

काठमाडौंका सीडीओको आदेश : सार्वजनिक सम्पत्ति तोडफोड भए बल प्रयोग हुँदै रबरको गोली चलाउन सकिने

Ads

२३ भदौ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीलाई आवश्यक परे बल प्रयोग गर्न आदेश दिएका छन्।

सीडीओ रिजालले तोडफोड वा आक्रमण हुने अवस्था सिर्जना भए सुरक्षाकर्मीहरूले चेतावनीसहित सामान्य बल प्रयोग गर्न सक्ने र आवश्यकताअनुसार रबरको गोली प्रयोग गर्ने अनुमति दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले जानकारी दिए।

Ads

उनका अनुसार आदेशमा सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न नभई सार्वजनिक सम्पत्तिमाथि आक्रमण रोक्न सीमित बल प्रयोग गर्ने उल्लेख छ। “प्रमुख जिल्ला अधिकारीज्यूले आवश्यक परेमा रबरको गोली प्रयोग गर्न सक्ने अनुमति दिनुभएको हो,” सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

हालसम्म सुरक्षाकर्मीले कति जनामाथि गोली प्रयोग गरेका छन् वा कति घाइते भएका छन् भन्नेबारे भने कुनै तथ्यांक प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार