क्रमण र तोडफोडप्रति कांग्रेसको निन्दा
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई अमानवीय भन्दै कडा शब्दमा निन्दा गरेको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा आइतबार जारी विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनमा युवाको ज्यान जानु र खर्बौं मूल्यबराबरको सम्पत्ति नष्ट हुनु दुःखद रहेको उल्लेख छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा संवेदना प्रकट गरिएको छ। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमा आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्म भएको तोडफोड र आगजनी निन्दनीय र भर्त्सनायोग्य भएको जनाइएको छ। कांग्रेसले सरकारले घटनाको छानबिन तत्काल सुरु गर्न र वास्तविक क्षतिको आंकलन गर्न माग गरेको छ।
प्रतिक्रिया