वैशाख १८ २०८३, शुक्रबार

मोरङमा दुई जना नाबालिका मृतअबस्थामा भेटिए

मोरङमा दुई जना नाबालिका मृतअबस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा ३ वर्ष र एक वर्षका बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Ads

 

 

Ads

मृतक नाबालिकाहरू धनकुटाको पाख्रिबास ४ डिकुरे घर भई सुन्दरहरैँचा ७ मालती टोल बस्दै आएका अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । दुई बालिकाको शव भेटिएको ठाउँमा विषादीको बट्टा पनि भेटिएको र आमा अस्मिता पौडेल सम्पर्कबिहिन रहेकी प्रहरीले जनाएको छ ।

शुक्रवार बेलुका श्रीमान्–श्रीमतीबीच झगडा भएको र बिहानै श्रीमती अस्मिता छोरीहरु लिएर हिँडेको जानकारी आएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार