वैशाख १८ २०८३, शुक्रबार

बाजुराका ५७ वटा वडाका बासिन्दा विद्युत् सेवाबाट बञ्चित

बाजुरा – बाजुराका ६९ वडामध्ये ५७ वटा वडाका बासिन्दा विद्युत् सेवाबाट बञ्चित रहेका छन् । नेपाल विद्युत्  प्राधिकरणले १२ वटा वडामा मात्रै प्रशारण लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ ।
Ads

 

 

Ads

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाजुराका नौ वटा पालिका मध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी देखिन्छ । तर पालिकाको कुनै एउटा वडालाई मात्र छोएर प्राधिकरणले पालिकामा विद्युतीकरण भएको प्रतिवेदन बनाए पनि बाजुराका ५७ वटा वडामा विद्युत् सेवा नपुगेको हो ।

बाजुरामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेका छन् ।   

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार