वैशाख १८ २०८३, शुक्रबार

पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा खुल्यो

जुम्ला – पहिरोले पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा खुलेको छ । अविरल वर्षाका कारण गएको भदौ १२ गते बुधवारदेखि अवरुद्ध कर्णाली राजमार्ग हिजो बेलुकादेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
Ads

 

 

Ads

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोला र दहीखोलामा आएको पहिरो हिजो हटाएपछि सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन् ।

वर्षाका कारण दहीखोला, मालचौर यासमोड, मेअरखोला, गगनेखोलासहितका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगञ्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए । अवरुद्ध सडक खुलेसँगै बीच बाटोमा रोकिएका गाडी गन्तव्यमा लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।  

Ads

सडक खुलेपछि पहिलो प्राथमिकतामा स्याउ बोकेका मालवाहक ट्रकलाई प्राथमिकताका साथ पठाउने काम भएको छ । अवरुद्ध सडक खुलेपछि ताडी बसपार्कमा रोकेर राखिएका गाडीहरु पनि छोडिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार