गौरादहमा घर फोरेर सुन र पैसा चोरी PARDAPHAS.COM
झापा: गौरादह नगरपालिका वडा नं. १ पारिजात टोलमा सुन चाँदी र नगद चोरी भएको छ । पारिजात टोलका सोम लावतीको घरको भित्ता फोरेर करिब १ तोला सुन र ४० हजार नगद चोरी भएको हो ।
'गरगहना र पैसा राखिएको बाकस खाली अवस्थामा नजिकै रहेको चिउरामिल नजिकै फ्याँकिएको अवस्थामा बिहान फेला पार्यौं।', लावतीले भने ।
गरगहना र नगद चोरी भएको विषयमा इलाका प्रहरी कार्यालयलाई लिखित रूपमा जानकारी गराइएको समेत उनको भनाइ छ ।
'प्रहरीले अनुसन्धान गर्दैछौँ भनेको छ ।', उनले भने ।
यस विषयमा प्रहरीसँग बुझ्दा घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
घटना हेर्दा जान पहिचानकै व्यक्तिबाट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।
चाडबाडको समय नजिकिदै जाँदा गौरादहमा चोरीका घटनाहरु समेत बढ्ने गरेका अघिल्ला अनुभवले देखाउछ्न् ।
त्यसो त पटकपटक गौरादहमा चोरीका घटनाहरु घट्नु र चोरीमा संलग्न भएको व्यक्तिको पहिचान खुल्न नसक्दा गौरादहवासीहरु हैरान छन् ।
प्रतिक्रिया