सबैले आ आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लागौं - मुख्यमन्त्री कार्की
वसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकता देखाएर अघि बढ्नु पर्ने धारणा राख्नुभयो । सुशासन र विकासमा सबै अग्रसर हुनु पर्ने भन्दै उहाँले निष्ठापूर्वक जनताको सेवामा समर्पित हुन जरुरी रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामति कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन आग्रह गर्नु भयो ।
निजामति सेवाको आर्दश र व्यवहारले नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने बताउदै उहाँले दिवसले निजामति सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गर्नुभयो । निजामति कर्मचारीहरु उच्च नैतिक आचारण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व हुन पर्नेमा उहाँले जोड दिनुभएको छ ।
प्रतिक्रिया