वैशाख १८ २०८३, शुक्रबार

हिजो बेलुकादेखि अवरुद्ध काठमाण्डौ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुल्यो

लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएरातिदेखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिनुभयो ।
Ads

 

 

Ads

धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा काठमाण्डौबाट छुटेका तथा भित्रिदै गरेका साना ठूला सयौँ गाडी र यात्रु रोकिएका थिए । सडक खुलेपछि गाडी र यात्रु गन्तव्यतिर लागेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार