वैशाख १८ २०८३, शुक्रबार

गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना भ्रष्टाचारी ठहर

गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना भ्रष्टाचारी ठहर
Ads

 गाउँपालिकाको वडा नं २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा कार्य पूरा गर्नुपर्नेमा त्यसो नभएको भेटिएको थियो।

यसमा गाउँपालिका अध्यक्ष विश्वमोहनप्रसाद र उपाध्यक्ष शोभाकुमारी यादव पनि दोषी ठहर भएका छन्। तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा नं ४ का अध्यक्ष मदन यादव र वडा नं ५ का अध्यक्ष मनोजकुमार यादव पनि यस मुद्दामा दोषी पाइएका छन्।

Ads

उनीहरू अनुगमन समितिमा रहे पनि हुँदै नभएको काम सम्पन्न भएको भनी अनुगमन प्रतिवेदन पेस गरेका थिए। उनीहरू सबैलाई जनही ३–३ महिना कैद तथा १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। 

वडा नं २ का अध्यक्ष खुसीलाल साहलाई पनि विशेषले ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ। उनले हुँदै नभएको काम भएको भनी सिफारिस गरेका थिए।

Ads

विशेषले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहलाई ३ महिना कैद तोकेको छ। उनीहरूले बदनियतपूर्वक झुठा बिल पेस गरेको विशेषको ठहर छ।

प्रतिक्रिया

सम्बन्धित समाचार