वैशाख १८ २०८३, शुक्रबार

भोटेकोशी नदीमा खसेको गाडी निकालियो

सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै भोटेकोशी नदीमा खसेको गाडी निकालिएको छ ।
Ads

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा २० च २१८५ नम्बरको बोलेरो गाडी हिजो बेलुकी नदीबाट निकालिएको हो । गाडीमा दुई जना रहेको भनिए पनि उनीहरुको अवस्था र यकिन विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

हिजो बिहान बाह्रबिसे नजिकै अरनिको राजमार्गबाट अन्दाजी एक सय मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीयबासिन्दा र प्रहरी उद्धारमा जुटेका थिए । लामो प्रयासपछि बेलुकीपख मात्रै गाडी निकालिएको प्रहरीले जनाएको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार