पश्चिमी भेगमा ठूलो वर्षा रोकियो, महाकाली नदीमा बाढी
महाशाखाका अनुसार आज बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिममा भने आजदेखि मौसममा सुधार हुने सम्भावना छ ।

गएरातिदेखि नै पानी पर्न कम भए पनि महाकाली नदीमा भने बाढी उस्तै छ । महाकाली नदी अन्तर्गत डडेलधुराको जोगबुढा वर्षामापन केन्द्रमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सयभन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग र केआई सिंह राजमार्ग अबरुद्ध भएको छ ।

प्रतिक्रिया