गौरादहको एक वर्षे प्रगति समिक्षा, कस्तो रह्यो अघिल्लो एक वर्ष?
नगरपालिकाको सभाहलमा शुक्रबार र शनिबार आयोजित कार्यक्रममा मातहतका विभागीय गतिविधि तथा ९ वटै वडाका वार्षिक गतिविधिहरु प्रस्तुत गर्दै उठान गरिएका विषयहरू माथि समिक्षा समेत गरिएको थियोे ।
समिक्षा कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख छत्रपति सुवेदीले नगरको समग्र विकासमा वडा कार्यालय र विभागीय शाखाहरुको सबैभन्दा ठूलो जिम्मेवारी रहने बताउनु भयो । बन्द कोठामा बसेर बनाइएका तथ्यांक सामाग्रीहरु बन्द कोठामै मात्रै रहन्छन् र बाहिर जादैनन् भन्ने भ्रम त्याग्न वहाँको आग्रह थियो ।
'समिक्षा कार्यक्रममा प्रस्तुत गरिएका तथ्यांकहरु नगरवासीले हेर्ने र अध्ययन गर्ने सामाग्रीहरु हुन् । यस्ता दस्तावेज तयार पार्दा यथार्थपरक छन् छैनन् राम्रोसँग हेर्नुहोस् ', कर्मचारीहरुलाई नगरप्रमुखको सुझाव थियोे ।
उपप्रमुख जलवर्षा राजवंशीले गौरादह नगरपालिकाले भौतिक पुर्वाधारको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउदै बिकास पुर्वाधारहरुलाई नगरवासीले अपनत्व स्विकार गर्न र त्यसको संरक्षण गर्न लागिपर्नु पर्ने बताउनु भयो ।
प्रगति समिक्षामा के के भयो ? हेर्नुस् भिडियो click me
कार्यक्रममा नेकपा एमालेका तर्फबाट नगर सचिब अम्बर अधिकारी र नेपाली कांग्रेसको तर्फबाट जिल्ला सदस्य इश्वर अधिकारीले मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । click me
समिक्षा कार्यक्रममा नगर कर्मचारी, शाखा प्रमुख, वडाअध्यक्ष लगायत जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियोे ।
गौरादह नगरपालिकाले विगतका वर्ष देखि नै निरन्तर रूपमा वार्षिक प्रगति समिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ ।
कस्तो रह्यो अघिल्लो एक वर्ष?
कस्तो रह्यो गौरादहको एक वर्ष भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । click me to watch video
प्रतिक्रिया