वैशाख १८ २०८३, शुक्रबार

काठमाण्डौका खोलाहरुमा राति आएको बाढी कम हुँदै

काठमाण्डौका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको बाढी अहिले भने कम भएको छ ।
Ads

 

यतिबेला देशका कुनै पनि ठाउँमा बाढी आउने गरी ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो या बेलुकीपख भने कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

Ads

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार