ग्लोबल एजुकेशनल एकेडेमीमा बालदिवस तथा स्वागत कार्यक्रम सम्पन्न (फोटो फिचर)
बालदिवसको अवसर पारेर दमक-६ स्थित ग्लोबल एजुकेशनल ऐकेडेमीले यही भाद्र ३० र ३१ गते विविध सांस्कृतिक कार्यक्रमका साथ बालदिवस मनाउँदै कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।


उक्त कार्यक्रमहरु मन्टेश्वरी तथा कक्षा १ देखि कक्षा १० सम्म र कक्षा ११ का विद्यार्थीका लागि स्वागत गरी तीन चरणमा तय गरिएको थियो।


तीनवटै कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री इन्दिरा बस्नेतले गर्नुभएको थियो भने ३० गते बिहानी शत्र मन्टेश्वरी कार्यक्रमको प्रमुख अतिथि द.न.पा वडा नं.६ का अध्यक्ष टेकबाहुदुर थापा रहनुभएको थियो भने दिवाशत्र कक्षा १ देखि १० सम्मको प्रमुख अतिथि द.न.पा. प्रमुख रामकुमार थापा रहनुभएको थियो ।




यसरी नै ३१ गते कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रमका प्रमुख अतिथि द.न.पा वडा नं.६ का अध्यक्ष टेकबहादुर थापा रहनुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो तथा कमल गाउँपालिका प्याब्सन अध्यक्ष बद्री साम्पाङ राई रहनु भएको थियो । उक्त कार्यक्रम कक्षा १२ का विद्यार्थीहरुले नै सञ्चालन गरेका थिए। कक्षा १२ का विद्यार्थी शुभम सिग्देल Event Manager का रुपमा कार्य गरेका थिए यसै गरी सहजकर्ताका रुपमा शिक्षक सन्दिप बराल तथा कोरीयोग्राफर कविता चापागाईले आ-आफ्नो भुमिका पूर्ण रुपमा निर्वाह गरी सफलता पूर्वक कार्यक्रम सम्पन्न भएको थियो। संस्थाका साहायक प्र.अ. कृष्ण गुरागाई, विद्यालय coordinator नरेश पोखरेल, भूतपूर्व सहायक प्र.अ.शंकर राज गौतम, संस्थापक शिक्षक दुर्गा आचार्य, विज्ञान शिक्षक भानु प्रताप न्यौपाने, मन्टेश्वरी इन्चार्ज रीता भट्टराई, मन्टेश्वरी शिक्षिका इन्दिरा ढकाल लगायत समपूर्ण शिक्षक शिक्षिकाहरुले आ-आफ्नो भूमिका निवर्वाह गरी कार्यक्रमलाई जीवन्नतता दिएका थिए । विद्यालयका तर्फवाट स्वागत मन्तव्य राख्दै शिक्षा उपसमिति संयोजक खेम प्रसाद भण्डारीले विद्यालयले प्राप्त गरेको गुणस्तरीय छविलाई उचाइमा पुऱ्याउन विद्यार्थीहरु सशक्त ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी विद्यालयको गतिविधिबारे प्रकाश पार्दै प्र.अ. गुणराज अधिकारीले ग्लोवल एजुकेशनल एकेडेमी कोशी प्रदेशकै उत्कृष्ट विद्यालय भएको र प्रविधि मैत्री विद्यालयको रुपमा स्थापित भइसकेको कुरा बताउँदै विद्यार्थीको गुणस्तर घट्न नदिन विद्यालय, अभिभावक र विद्यार्थी बिच समन्वय हुनुपर्ने कुरामा जोड दिँदै आफ्नो तर्फबाट कुनै कुरामा कन्जुस्याइँ नहुने प्रतिवद्धता जाहेर गर्नुभयो । मन्तव्यकै कममा द.न.पा. प्रमुख रामकुमार थापाले यो एकेडेमी दमक क्षेत्रकै संस्थागत विद्यालयहरुमा नमुना विद्यालयका रुपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो ।
उक्त बालदिवस तथा स्वागत कार्यक्रममा शैक्षिक शत्र २०८० को वार्षिक परीक्षा तथा अतिरिक्त कियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा शैक्षिक सामाग्रीद्वारा पुरस्कृत गरिएको थियो । विगत वर्षझै यस वर्ष पनि कक्षा नर्सरी देखि १२ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई कमश जनही नगद रु ६०००/- ४०००/- ३०००/- का दरले प्रदान गरिएको थियो ।
यसै गरी उक्त भव्य कार्यक्रममा संस्थाका ५ जना उत्कृष्ट अभिभावकहरुलाई नगद सहित मायाको चिनो प्रदान गरी खादा ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया