कोशीका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कार्कीलाई बुझाए राजीनामा
कोशीका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका छन्।

शुक्रबार मुख्यमन्त्री कार्यालयमा माओवादीबाट बनेका मन्त्रीहरू भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, वन वातावरण तथा पर्यटन मन्त्री नारायण मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर ले संयुक्तरूपमा राजिनामा बुझाएका हुन् ।
एमाले संसदीय दल नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते सरकार गठन भएको थियो।

मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
माओवादीको बहिर्गमन सँगै नेपाली कांग्रेसले मन्त्री पठाउने निश्चित छ ।

प्रतिक्रिया