वैशाख १८ २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।
Ads

 

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो ।

Ads

एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधवार अनुमति दिएको थियो ।

प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार