वैशाख १८ २०८३, शुक्रबार

आज बेलुकीदेखि मनसुन सक्रिय रहने

आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस  प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
Ads

 

ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Ads

यस्तै भोलि पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी  प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज पहाडी भेगका थोरै ठाउँहरूमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार