गोरखाको भीमसेन थापा गाउँपालिकामा चक्रपथले गति लिँदै
हिलो खण्डमा हालसम्म करिव दश करोड रुपैयाँको काम भएको छ । ‘पालिकाको मात्रै करिव पाँच करोड लगानी भइसक्यो’, इन्जिनियर कपिल पनेरुले भने, ‘बाँकी पाँच करोड लगानी गण्डकी प्रदेश सरकारबाट भएको हो ।’
उनका अनुसार करिव आठ किलोमिटरको उक्त खण्डमा ६.५ किलोमिटर सडक ग्राभेल भइसकेको छ । एक किलोमिटर ढलान र करिव ६ किलोमिटर नाला निर्माण भएको इन्जिनियर पनेरुले जानकारी दिए ।
दोस्रो खण्डमा भने वनसम्बन्धी एक मुद्दाका कारण काम प्रभावित भएको छ । यो खण्डमा जम्मा ३० लाखको मात्र काम भएको छ । करिव एक सय मिटर सडक ढलान र केही ठाउँमा ह्युमपाइप राख्नेबाहेक अरु काम नभएको पालिकाले जनाएको छ ।
उक्त खण्डको ऐरिभञ्ज्याङदेखि कटलेचौरसम्म सडक ट्रयाक खोल्ने क्रममा वन फडानीको मुद्दा लागेको थियो ।
प्रतिक्रिया