आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने ।
यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा जाने सूवर्ण अवसर पनि हो’, सापकोटाले भने ।
प्रतिक्रिया