श्रावण १४ २०८२, बुधवार

१२ पास गर्नासाथ विदेश पढ्न जान दिने कि नदिने ?

१० साउन, काठमाडौं । सरकारी तथ्यांक अनुसार हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन् । यसरी विदेश जानेहरुमा ठूलो संख्या कक्षा १२ पास गरेकाहरु छन् । विदेश जाने विद्यार्थीको संख्या बढेपछि गत फागुनमा सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ ल्यायो । जसमा उच्च शिक्षा (स्नातक तह वा सोभन्दा माथिको शिक्षा) का लागि वैदेशिक अध्ययन स्वीकृति पत्र अर्थात नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने उल्लेख थियो ।
Ads

यो निर्देशिकाले १२ कक्षा पास गरेकाहरुलाई एनओसी नदिने देखिएपछि चर्को बहस भयो । तर शिक्षा मन्त्रालयले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई पनि एनओसी दिने गरी निर्देशिका सार्वजनिक गरेपछि त्यो विवाद अन्त्य भयो ।

बिहीबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा कक्षा १२ पास गरेपछि अध्ययनका लागि विदेश जान दिने कि नदिने भनेर बहस भएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार