धनराज र ऋषिकेशलाई किन उन्मुक्ति? वर्षमान पुनले गरे सहकारी ठगी प्रकरणमा निष्पक्ष छानबिनको माग
रोल्पा। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारी ठगी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन्। रोल्पाको लिवाङमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले, रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाए। उनले राज्यका निकायहरूले न्याय सम्पादन र अनुसन्धानमा निष्पक्षता अपनाउनुपर्ने बताए।
प्रतिक्रिया