खेलको मिति सारिएको भन्दै गौरादह नगरपालिकामा नारावाजी, छलफलद्वारा समाधान खोज्ने नगर प्रमुखको भनाई
झापा: गौरादह नगर खेलकुद परिषदले झापा गोल्डकपमा छनौट गर्ने लक्ष्य सहित आयोजना गर्ने भनिएको वडास्तरीय फुटबल खेलको समय सारिएको विषयलाई लिएर स्थानीय युवाहरूले नगरपालिका परिसरमा नारावाजी गरेका छन् । आजबाट सुरु हुने भनिएको फुटबल खेल कार्तिक २३ गतेलाई सारिएको विषयमा प्लेकार्ड सहित नगरपालिका पुगेका असन्तष्ट युवाहरूले तत्काल खेल सञ्चालन गर्न माग गरेका हुन् ।
उनीहरुले नगर प्रमुख छत्रपती सुवेदीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको बताइएको छ ।
उक्त विषयमा नगर प्रमुख सुवेदीले प्रक्रियागत त्रुटि सच्याउन सकिने बताउदै वार्ता र छलफल द्वारा समाधान खोज्नुपर्ने बताएका थिए । वहाँले खेलकुदको मिति परिवर्तन गर्नुपर्ने विषय बारे नगर खेलकुद परिषदसँग छलफल गरेर समस्या समाधान गरिने बताउनु भएको थियोे ।
प्रतिक्रिया