श्रावण १५ २०८२, बिहिबार

सामाजिक एकता र सद्भावको प्रतीक, नमूना टोल विकास संस्था गौरादह-१ द्वारा देउसी भैलो कार्यक्रमको आयोजना हुँदै

Ads

 

गौरादह-१, कार्तिक १४: “हाम्रो संस्कृति हाम्रो गौरव” भन्ने मूल नाराका साथ नमुना टोल विकास संस्था, गौरादह-१ ले यस वर्षको तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक एकता, सद्भाव, र संस्थाको आर्थिक पक्षलाई सबल बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले टोलबासीहरूलाई एकत्रित गर्ने अपेक्षा गरिएको छ।

Ads

कार्यक्रम कार्तिक १४ गते काग तिहारको दिनदेखि सुरु हुने छ। देउसी भैलो कार्यक्रम साँझ ७:०० बजेदेखि पेट्रोल पम्प पश्चिमबाट प्रारम्भ हुनेछ। तल्लो स्थानतर्फका टोलबासीहरूलाई भने साँझ ६:४५ बजे पारिजात चोकमा भेला भएर एकसाथ पेट्रोल पम्पतर्फ जाने व्यवस्था गरिएको छ।

नमुना टोल विकास संस्थाका अध्यक्षका अनुसार, देउसी भैलो कार्यक्रमले हाम्रो संस्कृतिको संरक्षण गर्नुका साथै टोलबासीहरूबीचको सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने छ। कार्यक्रममा सम्पूर्ण टोलबासीहरूको उत्साहपूर्ण सहभागिता अपेक्षित गरिएको छ।

Ads

संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गर्दै यो कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ।

(सम्पर्क: नमुना टोल विकास संस्था, गौरादह-१)

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार