गौरादह जेसीजले आयोजना गर्यो देउसी भैलाे प्रतियोगिता
जेबि खड्का
गौरादह/हिन्दुहरुकाे महान चार्ड अन्तर्गत मनाउदै आएकाे तिहार पर्बमा परम्परा कालदेखि देउसी भैलाे खेल्ने गरिन्छ। परम्परा कालदेखि मनाइदै आएकाे तिहार पर्बमा बलिराजाकाे नाम लिएर देउसी भैलाे खेल्ने गरिन्छ। आँगनमा सयपत्री फुल फुलेपछि तिहार आएकाे संकेत गर्दछ। बिशेष गरि तिहारलाई रमाइलाे पर्बका रुपमा मनाउने गरिन्छ।औंसी साँझमा लक्ष्मी पुजा गरि सकेपछि महिलाहरुले भैलाे र गाेभर्दन पुजाकाे दिन पुरुषहरुले देउसी खेलेने चलन चलिआएको छ। महिला तथा पुरुषहरुले समूह बनाएर घरआँगनमा पुगेर देउसी भैलाे खेल्ने गरिन्छ। यस बर्षकाे तिहारमा गौरादह जेसिजले गौरादहमा देउसी भैलाेकाे प्रतियोगिता आयाेजना गराकाे छ। पछिल्लो समयमा देउसी भैलाेमा बिकृती सृजना भएकाे गुनासाे आइरहकाे समयमा सुधारकालागि जेसिजले प्रतियोगिता गराएकाे छ। तिहारमा खेलिने देउसी भैलाेमा संस्कृति जाेगाउने भन्दापनि पैसा जम्मा गर्ने माध्यम बन्न थालेकाे छ। मठ मन्दिर, क्लब तथा संघ संस्थालाई प्रबर्द्धन गर्न आर्थिक संकलन गर्ने माध्यमका रुपमा पनि देउसी भैलाेलाई प्रयाेग गर्ने गरेका छन। परम्परा कालदेखि महिलाहरुले भैलाे र पुरुषहरुले देउसी खेल्ने चलन चलिआएकाेमा पछिल्लो समयमा पुरुष महिला दुबैले देउसी भैलाे खेल्ने गरेका छन। परम्परागत रुपमा आँगन घुमेर खेलिने देउसी भैलाेलाई आधुनिक उपकरण प्रयाेग गरि नाचगान सहित खेल्ने पनि गरेका छन। ब्याक्ती स्वयं उपस्थित भई भट्याएर खेलिने देउसी भैलाेलाई पैसा बटुल्ने माध्यम नबनाई संस्कृति र मौलिकता जाेगाउन सहयाेग पुग्ने उदेश्यले प्रतियाेगिता आयाेजना गरीएकाे गौरादह जेसिजका अध्यक्ष खड्ग बहादुर थापाले जानकारी गराएका छन। जेसीज सप्ताह बर्ष २०२४ उद्घाटन अवसरमा आयाेजना गरिएकाे देउसी भैलाे प्रतियोगितामा १८ टाेली सहभागी भएका थिए। गौरादह बजारमा आयाेजना गरिएकाे देउसी भैलाे प्रतियोगितामा वडा नं -१ बाट- ८ टाेली, वडा नं -३ बाट ५ टाेली, वडा नं -४ बाट- ३ टाेली, वडा नं -२ बाट -१ टाेलीका साथै सबै वडाकाे सहभागीतामा संयुक्त टाेली राईजीङ स्टार समुहकाे नाममा सहभागी भएका थिए। देउसीमा सहभागी टाेलीहरु पाेसाकमा सजिएर बाजा बजाई मौलिकता झल्कने नृत्य सहित देउसी खेलेका थिए। गाउँ, समाज र राष्ट्रियतामा भएका विकृति र विसंगतिका बिरुद्धमा आवाज उठ्ने सन्देश मुलक भनाइ देउसीका माध्यमबाट प्रस्तुत गरेका थिए। प्रतियोगितामा जन जागृति टाेल बिकास संस्था गौरादह -४ पहिलाे, जेष्ठ नागरिक संघ गौरादह -१ दाेस्राे र सहयाेगी मन गौरीगंज -३ ठेकिटाेला तेस्राे भएका थिए। पहिलाे, दाेस्राे र तेस्राे हुने समुहलाई प्रमाणपत्र सहित क्रमस १५ हजार , १० हजार र ५००० प्रदान गरिएकाे थियाे।
सारथि युवा क्लब गौरादहकाे देउसी
सारथि युवा क्लब गौरादहले पनि गौरादहकाे डिपु चौकमा देउसी भैलाे कार्यक्रम आयाेजना गरेकाे छ। कार्यक्रममा तिहार सम्बन्धि गित तथा नृत्य प्रस्तुत गरिएकाे थियाे। क्लबका पदाधिकारीहरुले समाज रुपान्तरणका लागि गितकाे माध्यमबाट देउसी प्रस्तुत गरेका थिए।
प्रतिक्रिया