श्रावण १५ २०८२, बिहिबार

गौरादह नगरपालिकाका विभिन्न सडकहरू कालोपत्रे गर्न बोलपत्र आह्वान

Ads


गौरादह नगरपालिकाले विभिन्न सडकहरू कालोपत्रे गर्ने कार्यका लागि ठेक्का आह्वान गरेको छ। यस योजनाअन्तर्गत नगरपालिकाका मुख्य तथा प्राथमिकतामा परेका सडकहरूलाई कालोपत्रे गर्दै स्थानीय पूर्वाधार सुधार गर्ने लक्ष्य राखिएको छ। बोलपत्रका लागि इच्छुक निर्माण व्यवसायीहरूले निर्धारित मितिभित्र आवेदन दिन सक्नेछन्।

ठेक्काका लागि निम्न सडक खण्डहरू समावेश गरिएका छन्:

Ads

१) अर्जुन देब राई घर दक्षिण सडक, गौरादह वडा नं. १ २) जय बहादुर अधिकारि घरदेखि गगा भण्डारीको घरसम्मको सडक खण्ड, वडा नं. ३, तथा हास्खोरा माधल डाडा सडक, वडा नं. २ ३) टोप लाल चोकबाट झोलुङ्गे पुल सडक खण्ड, वडा नं. ७, र बैराती ठेकिटोल सडक ४) सरङ्गपाडा सडक, वडा नं. ९, वडा नं. ८ मा चौतारा देखि सशस्त्र प्रहरी बल सडक खण्ड, वडा नं. ९, र वडा नं. १९ नहर सडक ५) हिमाल चोकदेखि हास्खोरा सडक ६) सौलमारी तुलाचन सडक, बैगुन्धुरा ग्वालडुब्बा सडक, तथा बौगुन्धुरा बजार उत्तर पुष्प थिर स्मृति प्रतिष्ठान सडक

यस योजनाले गौरादह नगरपालिकाका सडक सञ्जाललाई व्यवस्थित बनाउँदै यातायात सहज बनाउने र आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार