श्रावण १५ २०८२, बिहिबार

गौरादह वडा नं. ३ मा अर्ग्यानिक मल उत्पादन तालीम सम्पन्न, व्यवसायिक कृषि सम्मेलनको तयारीमा वडा

Ads


गौरादह नगरपालिका वडा नं. ३ मा एक दिवसीय अर्ग्यानिक जैविक मल उत्पादन सम्बन्धी तालीम सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा आयोजित यो तालिममा रासायनिक मलको प्रयोग न्यूनीकरण गर्दै अर्ग्यानिक उत्पादन प्रवर्द्धनमा जोड दिइयो। वैदिक कृषि ऋषि रब्या आरोग्य इको अर्ग्यानिक प्रा. लि. रामधुनीका अध्यक्ष केदार पोख्रेलले तालिमको सहजीकरण गरे।

Ads

तालीमका प्रमुख उद्देश्यमा कम खर्चमा बढी उत्पादन, व्यवसायीक साक्षरता र सीप विकास रहेको थियो। फजुल खर्च नियन्त्रण तथा पोषण सुरक्षामा सघाउन जैविक मल र बायोटेक प्रविधिको प्रयोगका लागि जनचेतना फैलाइएको छ। यस अवसरमा फाइकस बायोटेक प्रा. लि. का सञ्चालक दुर्लभ कार्कीले अर्ग्यानिक खेती, विषादी व्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणबारे विस्तृत जानकारी दिए।

 

Ads

वडाध्यक्ष दिलिप भण्डारीले आउँदो पौष महिनाको तेस्रो साता आयोजना हुने वडा कृषि सम्मेलनबारे जानकारी गराउँदै, सम्मेलनलाई भव्य रूपमा सफल पार्न कृषक समूह, टोल विकास संस्था, जनप्रतिनिधि र वडावासीको सहयोग अपेक्षा गरिएको बताए। वडाध्यक्ष भण्डारीका अनुसार यस सम्मेलनले उत्पादन र बजारीकरणको ज्ञान प्रदान गर्दै आधुनिक कृषि प्रणालीमा आधारित औद्योगिकीकरणलाई मार्ग निर्देशन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा कृषक समूह, टोल विकास संस्था, जनप्रतिनिधि तथा किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार