गौरादहमा मासिक धर्म स्वास्थ्य र स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यशाला हुने
गौरादह ३ धोबिनिया स्थित दशमी पार्टी प्यालेसमा कार्तिक २६ गते साँझ ६:४५ देखि ८:१५ सम्म महिलाहरूको मासिक धर्म स्वास्थ्य र स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यशाला हुने भएको छ। प्यारी एजुकेसनको संयोजन र लायन्स क्लव अफ गौरादहको सहकार्यमा आयोजना गरिएको यस कार्यशालाले मासिक धर्मसम्बन्धी समाजमा विद्यमान गलत धारणाहरूलाई चिर्दै सही जानकारी पुर्याउने उद्देश्य राखेको बताइएको छ।
वडाध्यक्ष दिलिप भण्डारीले मासिक धर्ममा समाजमा हुने विभेद र गलत धारणाले महिलाहरूमा मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्ने बताउनुभयो। उहाँका अनुसार, समाजमा विद्यमान चेतनाको कमीले स्वास्थ्य समस्या निम्त्याउँदै आएको छ, जसलाई सचेतनामूलक कार्यक्रमले सकारात्मक दिशामा लैजाने अपेक्षा गरिएको छ।
कार्यशालामा किशोरी तथा महिलाहरूले मासिक धर्म व्यवस्थापन, स्वच्छता, स्वास्थ्य सुरक्षाका उपायहरूबारे जानकारी लिएका थिए। आयोजकहरूले स्वास्थ्य अधिकार र महिला सशक्तिकरणका लागि यस कार्यशालामा उपस्थित सबैको सहभागीता महत्वपूर्ण रहेको जनाएका छन्।
प्रतिक्रिया