गौरादह जेसीजद्वारा परम्परागत हस्तकलाको प्रवर्द्धनः दुना टपरी निर्माण र बाती कात्ने प्रतियोगिता सम्पन्न
गौरादह जेसीजद्वारा गौरादह-१ स्थित जानकेश्वर शिवालय मन्दिरमा जेसीज सप्ताहको अवसरमा दुना-टपरी निर्माण र बाती कात्ने प्रतियोगिता आयोजना गरिएको छ। यस कार्यक्रमको उद्देश्य परम्परागत सांस्कृतिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने। उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ रहेको छ । कार्यक्रममा जेसीजसँगै सिल्पकलाले सहजीकरण गरेको थियोे ।
उक्त अवसरमा जेसीजका अध्यक्ष खड्ग थापाले आफ्नो कार्यकालमा लागू औषध विरोधी नाटक ‘सुरुङ’ र प्रतियोगितात्मक देउसी-भैलो कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको बताए।
कार्यक्रममा प्रमुख अतिथि शकुन्तला चापागाईंले मौलिक संस्कृतिको जगेर्ना गर्ने महत्व औंल्याइन्। पुर्व क्याम्पस प्रमुख तथा समाजसेवी भोजराज दाहालले पनि गौरादह जेसीजको योगदानको प्रशंसा गर्दै, यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याउने बताए। सिप्लकला अध्यक्ष तथा साहित्यकार दीपक सुवेदीले हिन्दू संस्कारमा दुना-टपरीको महत्व र स्थानीय कच्चा पदार्थको अभावले चुनौती थपेको धारणा राखे। समाजसेवी सुरेश पौडेलले कार्यक्रमको व्यापकता बढाउँदै समाजको चेतना स्तर उकास्न सुझाव दिए।
कार्यक्रममा स्थानीय महिलाहरूको उत्साहजनक सहभागीता रहेको थियोे ।
प्रतियोगिताको नतिजाः
बाती कात्नेमा इन्दिरा भट्टराई प्रथम, अनिता भुजेल द्वितीय, र मिरा कार्की तृतीय भए। दुना-टपरी निर्माणमा यसोदा थापा प्रथम, तारा आचार्य द्वितीय, र बिमला काफ्ले तृतीय रहे, भने अनिता भुजेलले विशेष पुरस्कार प्राप्त गरिन्। विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरियो।
गौरादह जेसीजको यस कार्यले स्थानीय कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान गरेको छ।
प्रतिक्रिया