श्रावण १५ २०८२, बिहिबार

गौरादहमा गठबन्धन सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको आक्रोशपूर्ण प्रदर्शन (तस्बिरहरु)

Ads

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र समूहहरूले गठबन्धन सरकारको विरोध गर्दै गौरादहमा विशाल प्रदर्शन गरेका छन्। हातहातमा प्ले कार्ड बोकेका करिब ३ सयको संख्यामा रहेका प्रदर्शनकारी राष्ट्रिय झण्डा हातमा लिएर डिपुचोकबाट जुलुस निकाल्दै बजारको परिक्रमा गरे। "भ्रष्ट सरकार चाहिँदैन," "रवि लामिछानेलाई रिहा गर," "राजनीतिक प्रतिशोध मान्दैनौं," र "सहकारी ठगलाई कारबाही गर" जस्ता नाराहरू लगाउँदै उनीहरूले कांग्रेस र एमाले गठबन्धनले प्रतिशोधको राजनीति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

Ads

 

Ads

प्रदर्शन पछि डिपुचोकमै कोणसभामा परिणत भएको र्‍यालीमा प्रदेश, जिल्ला र नगरस्तरीय नेताहरूले मन्तव्य राख्दै सरकारप्रति कडा आलोचना गरे। एक स्थानीय नेताले भने, “गठबन्धन सरकारले जनतालाई निराश बनाएको छ। प्रतिशोधको राजनीति र भ्रष्टाचारको घेराले मुलुकको प्रगति अवरुद्ध भएको छ।” अर्का नेताले थपे, "हामी निलो क्रान्तिको मिसनमा छौँ, हाम्रो उद्देश्य विध्वंस होइन, तर पारदर्शी र न्यायपूर्ण शासन कायम गर्दै संसदीय अभ्यासबाट सत्ता हस्तान्तरण गर्न चाहन्छौं।"

 

प्रदेशस्तरीय नेताहरूले वर्तमान सरकारको गतिविधिलाई 'जनविरोधी र भ्रष्टाचारमुखी' भन्दै विरोध गरे। उनीहरूले भने, "हामी न्यायका लागि लड्दै छौँ। कुनै पनि हालतमा भ्रष्टाचारलाई स्वीकार्न तयार छैनौं, र हाम्रो उद्देश्य देशलाई आर्थिक र सामाजिक रूपमा सुदृढ बनाउनु हो।"

 

सहभागीहरूले सरकारप्रतिको असन्तुष्टि प्रकट गर्दै भने, "राजनीतिक प्रतिशोधको अन्त्य गर्दै हामी न्याय, समानता र पारदर्शिता चाहन्छौं। यो लडाइँ केवल पार्टीको नभई सम्पूर्ण जनताको अधिकारका लागि हो।"

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार