श्रावण १४ २०८२, बुधवार

तपाईंको भाग्य कति वर्षमा उदय हुँदैछ? विदेश जाने योग छ कि छैन? सरल सुत्र

Ads

 

ज्योतिष विज्ञानको आफ्नै विषेशता छ  । तपाईं कति भाग्यमानी हुनुहुन्छ भन्नेकुरा तपाईले आफ्नो जन्मकुण्डलीबाट आफैं हेर्न सक्नुहुन्छ । त्यसकोलागि कुनैपनि ज्योतिष एप्सबाट जन्म मिति, जन्म स्थान र तपाईंको जन्म भएको सहि जन्म समय हालेर आफ्नो जन्म कुण्डली तयार पार्नुहोस् र यहाँ उल्लेख गरिएको तथ्यको अध्ययन गर्नुहोस् । 

Ads

यदि कुनै व्यक्तिको नवौं (भाग्य) भावमा सूर्य बसेको छ वा भाग्यभावको स्वामी भएर कतैबाट हेरिरहेको छ भने उसको भाग्य २२औँ वर्षको उमेरमा उदय हुन्छ। यसैगरी, चन्द्रमा रहेमा २४औँ वर्षमा, मङ्गल रहेमा २८औँ वर्षमा, बुध रहेमा ३२औँ वर्षमा, बृहस्पति रहेमा १६औँ वर्षमा, शुक्र रहेमा २५औँ वर्षमा, र शनि रहेमा ३६औँ वर्षको उमेरमा भाग्यको उदय हुन्छ। भाग्यभावको स्वामीलाई हेरेर कर्मको अनुमान गर्न सकिन्छ, यदि लग्नेश अर्थात लग्नको मालिक अनुकूल छ भने।

लोकप्रिय ज्योतिष शास्त्र मानसागरीमा माथिको तथ्यलाई पुष्टि गर्दै यसो भनिएको छ: 

Ads

द्वाविंशे रविणा च वर्षकथितं चन्द्रे चतुर्विशति
ह्यष्टाविंशतिभूमिनन्दनमतं दन्तैर्बुधे च स्मृतम् ।। 
जीवे षोड़श पञ्चविंशतिभृगोः षट्त्रिंशसौरी वदेत्। 
कर्मेशात्खलु कर्म चैव कथितं लग्नाधिपे चेत्स्मृतम् ।।३।।

प्रायजसो ज्योतिषविदहरुले यसैलाई आधार मानेर फलित गर्नेगरेको पाइन्छ । 

मूर्तेश्चापि निशापतेश्च नवमं भाग्यालयं कीर्तितं । तत्तत् स्वामियुतेक्षितं प्रकुरुते भाग्यं स्वदेशोद्भवम्।। चेदन्यैर्विषयान्तरेऽत्र शुभदाः स्वोच्चादिगाः सर्वदा। कुर्युर्भाग्यमसाधवो न च वलाद् दुः खोपलब्धिं परात्।।4।

मानसागरीमा उल्लेख गरिएको यो श्लोकको अर्थ हेरौं

कुनै पनि कुण्डलीको लग्नबाट नवौं र चन्द्रमाबाट नवौं भावलाई भाग्य भाव भनिन्छ। यदि भाग्यभावको स्वामी भाग्यभावमा बसेको छ वा हेरिरहेको छ भने जातकको आफ्नो देशमै व्यापार आदिबाट पूर्ण भाग्योदय हुन्छ। तर भाग्यभावको स्वामीको अतिरिक्त अन्य ग्रहहरूसँग सम्बन्धित भएमा विदेशमा गएर भाग्योदय हुनेछ। शुभ ग्रह आफ्नो उच्च वा नवांश आदि स्थानमा भएमा देश वा विदेश जहाँ गए पनि त्यहीँ भाग्योदय हुनेछ। तर यदि पाप ग्रहसँग सम्बन्धित भएमा केही कठिनाइ भोग्नुपर्ने कुरा बुझ्नुपर्छ।

यसर्थ भाग्यभावलाई हेरेर अन्य ग्रहहरुको बलाबल अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । भायभाब भन्नाले जातकको जन्म कुण्डलीको नवौं भावलाई बुझिन्छ । अर्थात सबैभन्दा माथी रहेको घरबाट गनेर नवौं स्थानको घर कुन ग्रहको घर हो त्यसैबाट हेरिने हो । जुन जातकको भाग्य भावको मालिक भाग्यभाव मै रहेको छ भने वा अन्य स्थानमा रहेर पूर्ण बालका साथ रहेको भए त्यो व्यक्ति परम भाग्यशाली हुन्छ । त्यस्तै मध्यबलमा मध्य स्तरको भाग्य हुन्छ र जातकले हर प्रकारको सुख अनुभुती गर्दै जीवनयापन गर्दछ । क्रमशः  

प्रतिक्रिया

सम्बन्धित समाचार
बैशाख १२ २०८२,शुक्रबार
कार्तिक २९ २०८१,बिहिबार