वैशाख १८ २०८३, शुक्रबार

काठमाडौंमा एमालेको भव्य जनसभा, ५० हजार कार्यकर्ता उतार्ने तयारी

Ads


नेकपा एमालेले विधिको शासन र कानुनी राज्यको सन्देश प्रवाह गर्न शुक्रवार काठमाडौँमा आयोजना गर्न लागेको भव्य जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्रप्रसाद गौतमले जनसभा तयारी पूरा भएको जानकारी दिदै कार्यक्रमले जनतालाई जागरूक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। गौतमले भने, "यो जनसभा विधिको शासन, कानुनी राज्य, सुशासन, विकास र समृद्धिको पक्षमा पार्टीले जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो।"

Ads

जनसभाका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित नगर र गाउँपालिकाबाट जनसङ्गठनहरू परिचालित भइसकेको बताउँदै उनले "लक्षित ५० हजार मानिसलाई सडकमा उतार्ने योजना सफल पार्न पार्टीले आवश्यक जनपरिचालनको रणनीति अपनाएको" जानकारी दिए ।

जनसभा दरबारमार्गमा हुनेछ, जसका लागि पुतलीसडक र लैनचौर मार्ग खुला रहने व्यवस्था गरिएको छ। भद्रकालीमा बिहान ११:३० बजे कार्यकर्ताहरू भेला भई वीर अस्पताल हुँदै दरबारमार्गसम्म जुलुस आउनेछ।

Ads

गौतमले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै स्थानीय सुझावअनुसार कम अवरोध हुने गरी कार्यक्रम आयोजना गरिने बताए।

एमालेले यस जनसभाबाट सुशासन, विधिको शासन, विकास, र समृद्धिको पक्षमा ठोस सन्देश प्रवाह गर्ने दाबी गरेको छ। पार्टीका अनुसार यो सभा नेपाली राजनीतिमा नयाँ युगको सुरुआतको रुपमा स्थापित हुनेछ।

Ads

कार्यक्रमप्रति आमजनताको उत्साहजनक प्रतिक्रिया प्राप्त हुँदै आएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार