श्रावण १५ २०८२, बिहिबार

मोक्षेश्वर शिवालय तथा १०८ शिवलिंग धाम गौरादह-१ को तेस्रो वार्षिक साधारणसभा सम्पन्न

Ads


गौरादह-१ मा रहेको मोक्षेश्वर शिवालय तथा १०८ शिवलिंग धामको तेस्रो वार्षिक साधारणसभा शनिबार मन्दिर परिसरमा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत गर्दै नयाँ कार्यसमिति गठन गरेर वार्षिक अधिवेशन सम्पन्न गरिएको हो।

कोषाध्यक्षको प्रतिवेदन

Ads

कोषाध्यक्ष पुर्णप्रकाश निरौलाले संस्थाको हालको आर्थिक अवस्थाबारे जानकारी गराउँदै करिब २ लाख नगद मौज्दात भए पनि मन्दिर निर्माणका लागि झण्डै २ लाख रुपैयाँ कर्जा रहेको जनाए।

संस्थाका गतिविधिहरू

Ads

२०७५ सालमा विधिवत रूपमा दर्ता भएको यस संस्थाले स्थापना कालदेखि जेष्ठ नागरिक सम्मान, उद्घोषण तालिम, र विभिन्न धार्मिक-सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ। गतवर्ष मात्रै १०८ शिवलिंग स्थापना गरी धार्मिक महत्व अभिवृद्धि गरेको संस्थाले तीनवटा पुराणसमेत सम्पन्न गरिसकेको छ।

विशेष सम्मान

कार्यक्रममा संस्थाका जग्गादाता धनबहादुर विष्ट, स्व. प्रेमनिधि गौतमका परिवार, १०८ मूर्ति दाता पुरुषोत्तम गौतम, र ज्योतिर्लिंग मूर्ति दाता कर्णबहादुर कटुवाललाई विशेष सम्मान गरिएको थियो।

नयाँ कार्यसमिति गठन

कार्यक्रमका लागि जयबहादुर कार्कीको संयोजनमा, भिमा उप्रेती र खगेन्द्र कार्की सदस्य रहेको निर्वाचक मण्डलले मेखबहादुर विष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।


नवगठित कार्यसमिति:

उपाध्यक्ष: कमला आचार्य

सचिव: रामकाजी कटुवाल

सहसचिव: लोकनाथ घिमिरे

कोषाध्यक्ष: अम्बरबहादुर दाहाल

सदस्यहरू: गणेशबहादुर भुजेल, जुद्ध विष्ट, झुमा गौली, गोमा विष्ट, भिम दाहाल।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रवक्ता तथा वडाध्यक्ष नगेन्द्र भण्डारी, सुरेशबहादुर पौडेल, भोजराज दाहाल, र गोपालप्रसाद काफ्ले लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको सभापतित्व व्यवस्थापन समिति अध्यक्ष इन्दिरा विष्टले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव प्रकाश बस्नेतले गरेका थिए।

मन्दिरको सम्पत्ति भविष्य

मन्दिरले हाल करिब २ कठ्ठा जमिनको स्वामित्व राखेको छ। धार्मिक कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै समाजमा सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्य योजना अघि बढाउने प्रतिबद्धता नवगठित समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार