वैशाख १८ २०८३, शुक्रबार

जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गयो

जाजरकोटको नलगाड नगरपालिकामा गएराति जीप पल्टिँदा पाँच जनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।
Ads

 

नलगाड पाँच कालिमाटीबाट नलगाड तीन करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको जीप गएराति सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको जाजरकोट प्रहरीले जनाएको छ ।

Ads

प्रहरीका अनुसार दुर्घटनामा नलगाड नगरपालिका ३ करुवा बस्ने जीप चालक अन्दाजी ३१ वर्षीय इन्द्रजित थापा, त्यही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उहाँको एक महिनाको छोरा आलोचन रोकाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार