श्रावण १४ २०८२, बुधवार

गौरादह आँखा अस्पतालमा विषेशज्ञ डा. जितेन्द्र कुमार झा को सेवा सुचारु

Ads

 

झापा: झापाको गौरादह बजारमा स्थापित गौरादह आँखा अस्पतालमा डा. जितेन्द्र कुमार झा नियुक्त  हुनुभएको छ  । बिपि कोइराला धरान सहित विभिन्न अस्पतालमा सेवा गर्दै आउनुभएका डा. ले गौरादह आँखा अस्पतालमा नियमित सेवा सुचारु गर्नु भएको हो । उक्त अस्पताल निजि लगानीमा स्थापित अस्पताल हो । स्थापनाको छोटो अवधिमा आँखा सम्बन्धि सम्पुर्ण जाँच सर्वसुलभ रूपमा सञ्चालन गरिरहेको अस्पताल सञ्चालक ध्रुब गिरी बताउछन् । ग्रामीण क्षेत्रमा स्थापित यस अस्पतालमा गौरादह लगायत छिमेकी गाउँपालिकाहरु कमल र गौरिगञ्जबाट समेत बिरामीहरु आउने गरेका सञ्चालक गिरि बताउछन् । अस्पतालले इन्डोर सेवाका अतिरिक्त विभिन्न क्षेत्रमा पुगेर आँखा सम्बन्धि शिविरहरु समेत सञ्चालन गर्ने गरेको पाइन्छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार