वैशाख ०८ २०८३, मंगलबार

दुर्गा प्रसाईं रिहा

Ads

 

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो।

Ads

सर्वोच्चको आदेशअनुसार प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बन्दीसहित उपस्थित गराउन आदेश भएपछि उनलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीका आधारमा प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो।

Ads

हाल, सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार