राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित पार्टी कार्यालयमा सुरू भएको छ।
बैठकमा पुस ५ र ६ गते बसेको बैठकका बाँकी एजेन्डामाथि छलफल हुनेछ। साथै, समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीका स्थानीय तहहरूको अधिवेशन, पृथ्वी जयन्तीको तयारी, र पार्टीका विभिन्न कार्यविधि लगायतका विषयमा समेत छलफल हुने राप्रपाले जनाएको छ।
बैठकले पार्टीको आगामी रणनीति र कार्ययोजनालाई स्पष्टता दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया