श्रावण १६ २०८२, शुक्रबार

ओली जाली, झेली, कपटी, र बेइमानी मान्छे हुन् - प्रचण्ड

Ads


 

झापा— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाउँदै गिरीबन्धु टी-स्टेटको भ्रष्टाचार प्रकरणको पर्दाफास गर्ने दाबी गरेका छन्।

Ads

सोमबार झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं. ३ मा आयोजित पार्टीको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई देशकै सबैभन्दा 'जाली, झेली, कपटी, र बेइमानी' व्यक्ति भएको बताएका छन्।

प्रचण्डले गिरीबन्धु टी-स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान शुरु गरेपछि आफूलाई प्रधानमन्त्रीबाट तानाशाही प्रवृत्तिले हटाइएको आरोप लगाए। उनले भने,

Ads

'मलाई प्रधानमन्त्रीबाट हटाउनुको कारण भ्रष्टाचारीमाथि कारबाहीको प्रयास हो। गिरीबन्धु र ओम्नी प्रकरणमा मेरो सुई जाँदै थियो, जुन ओलीतिरै इङ्गित थियो।'

प्रचण्डले भ्रष्टाचारका मुद्दामा कडा कदम चाल्न खोज्दा आफ्नो सरकार ढालिएको दाबी गर्दै ओली र शेरबहादुर देउवामाथि समेत गम्भीर आरोप लगाए।

अध्यक्ष दाहालले संविधान संशोधनको नैतिक अधिकार माओवादी केन्द्रलाई रहेको बताएका छन्। उनले आदिवासी जनजाति, मधेसी, र महिलाको अधिकार थप गर्न संविधान संशोधनको पक्षमा माओवादी केन्द्र दृढ रहेको उल्लेख गरे।

"नेपाली जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धिहरू रक्षा गर्न म दृढ छु," उनले भने।


प्रचण्डले गिरीबन्धु टी-स्टेट, वाइडबडी, र ओम्नीका तमाम भ्रष्टाचारका मुद्दामा कारबाही हुने आश्वासन दिए।
उनले थपे,

"म ओलीको जालझेल र बेइमानीलाई नेपाली जनतासमक्ष खुलस्त पारेरै छोड्नेछु।"

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार