गौरादह वडा नं. १ मा जनतासँग जनप्रतिनिधि र स्वास्थ्य सेवाका कार्यक्रम हुने
गौरादह नगरपालिका वडा नं. १ ले जनप्रतिनिधि र वडावासीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्न जनता संग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। साथै, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूका लागि स्वास्थ्य परीक्षण र ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाका लागि पोषण अनुगमन कार्यक्रम पनि सञ्चालन गरिनेछ।
कार्यक्रम २०८१ पौष २८ गते रेडक्रस भवन र २९ गते सितापुरी खानेपानी कार्यालय, वेलडाड्ङ्गीमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुनेछ। स्वास्थ्य परीक्षणमा दन्त सेवा, आँखा उपचार, र सामान्य स्वास्थ्य जाँच उपलब्ध गराइनेछ। जेष्ठ नागरिकहरूले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
बालबालिकाको पोषण अनुगमनका लागि अभिभावकहरूको उपस्थिति अनिवार्य गरिएको छ। यो कार्यक्रमले बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न, जेष्ठ नागरिकहरूको स्वास्थ्य समस्याको पहिचान गर्न, र वडावासीको सुझाव तथा समस्याहरू प्रत्यक्ष रूपमा सुन्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वडाध्यक्ष नगेन्द्र भण्डारीले सम्पूर्ण वडावासीहरू, राजनीतिक दलका प्रतिनिधि, र टोल विकास संस्थाका पदाधिकारीहरूलाई कार्यक्रममा उपस्थित भएर सहयोग गर्न आग्रह गरेका छन्।
यो कार्यक्रमले गौरादह नगरपालिका वडा नं. १ लाई स्वास्थ्य र पोषणका क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
पर्दाफास मिडिया नेटवर्क
प्रकाशित मिति: २०८१/०९/२३
प्रतिक्रिया