गौरादह नगरपालिका झापामा दोस्रो उत्कृष्ट पालिका
झापाको १५ वटा पालिकामध्ये गौरादह नगरपालिका कार्यसम्पादनका आधारमा दोस्रो स्थानमा रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार गौरादह नगरपालिकाले झापाका अन्य पालिकाहरूलाई उछिन्दै दोस्रो उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे/नगरेको, समयमा बजेट पास भए/नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए/नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चजस्ता १७ वटा सूचकका आधारमा आयोगले हरेक आर्थिक वर्षमा प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
यस वर्ष कार्यसम्पादन मूल्याङ्कनको आधारमा भद्रपुर नगरपालिका पहिलो स्थानमा रहेको छ भने गौरादह नगरपालिकाले दोस्रो स्थान हासिल गरेको छ।
✔ भद्रपुर नगरपालिका
✔ गौरादह नगरपालिका
✔ शिवसताक्षी नगरपालिका
✔ हल्दिबारी गाउँपालिका
✔ झापा गाउँपालिका
✔ बरहदशी गाउँपालिका
✔ बुद्धशान्ति गाउँपालिका
✔ दमक नगरपालिका
✔ बिर्तामोड नगरपालिका
✔ कनकाई नगरपालिका
✔ कमल गाउँपालिका
✔ अर्जुनधारा नगरपालिका
✔ कचनकवल गाउँपालिका
✔ मेची नगरपालिका
*गौरीगञ्ज गाउँपालिका
गौरादह नगरपालिकाको उत्कृष्ट कार्यसम्पादन स्थानीय सरकारको प्रभावकारी व्यवस्थापनको प्रमाण हो।
प्रतिक्रिया