राष्ट्रिय स्वतन्त्र पार्टी गौरादह वडा नं. ५ र ८ मा नयाँ कार्यसमिति चयन
गौरादह, फागुन ५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौरादह नगरपालिकाका वडा नं. ५ र ८ मा नयाँ कार्यसमिति चयन गरिएको छ। आज शनिबार सम्पन्न वडास्तरीय भेलाले नयाँ नेतृत्व चयन गरेको हो।
नयाँ कार्यसमिति चयनसँगै अगामी तीन दिनभित्र वडास्तरीय समिति बैठक बसेर नगर समितिसँग समन्वय गर्दै परिषद् गठन गरिने तय गरिएको छ।
रास्वपा गौरादह नगर समितिले कार्यसमिति गठनमा सहभागी सबैलाई धन्यवाद दिँदै ‘हामी परिवर्तन-परिवर्तन भनेर हिँड्ने मात्र होइन, गरेर पनि देखाउँछौं’ भन्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया