गौरादह-१ स्थित गोपेश्वर कृष्णागंगा घाटलाई धामका रूपमा विकास गर्न १ बिघा जग्गा संस्थाको स्वामित्वमा
गौरादह, झापा – गौरादह नगरपालिका वडा नं. १ स्थित गोपेश्वर कृष्णागंगा घाटलाई सुविधासम्पन्न धाम बनाउने अभियानले ठूलो सफलता प्राप्त गरेको छ। लामो समयदेखि निरन्तर प्रयासरत यस अभियान अन्तर्गत ५९२७ वर्ग मिटर (१७.५ कठ्ठा) जग्गा संस्थाको नाममा पास गरिएको छ।
यस अभियानमा हरिमाया लोहनी (गोबिन्द) परिवार र कर्ण ब. कटवाल परिवारबाट भूमिदान प्राप्त भएको छ भने, पदम कुमारी बिस्टले पुराणका क्रममा १ कठ्ठा जग्गा दान गरेकी छन्।
संस्थाको नाममा अब करिब १ बिघा जग्गा कायम भइसकेको छ। यसले गोपेश्वर कृष्णागंगा घाटलाई सुविधासम्पन्न र धार्मिक पर्यटकीय धामका रूपमा विकास गर्ने लक्ष्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
अभियानलाई सफल बनाउन सहयोग गर्ने दानवीर दाता, संरचना निर्माणमा योगदान गर्ने व्यक्तित्वहरू, र सम्पूर्ण सहयोगी मनहरूलाई संरक्षक नगेन्द्र भण्डारीले हार्दिक आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया