गौरादह नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विचार गोष्ठी आयोजना
गौरादह, २४ फागुन २०८१ – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गौरादह नगरपालिकाले महिला विरुद्ध हुने सबै प्रकारका हिंसा निवारणका लागि सचेतना मुलक विचार गोष्ठीको आयोजना गरेको छ।
नगर प्रमुख छत्रपती सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख सुवेदीले संविधानले महिला अधिकारलाई बलियो बनाउदै लगेको भएपनि घरेलु हिंसा लगायतका असामाजिक क्रियाकलापहरु समुल रूपमा नष्ट भइनसकेको बताउदै महिलामाथि हुने सबै प्रकारका दुर्व्यवहारहरु अन्त्य गर्न स्थानीय सरकारलाई स्थानीय संघ संस्थाको साथ अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । नगर प्रवक्ता नगेंद्र भण्डारी, सबै वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, तथा स्थानीय संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले महिला सशक्तीकरणको प्रभावकारीता विषयमा चर्चा गरेका थिए ।
नगर उपप्रमुख जलवर्षा राजवंशीको सभापतित्वमा सम्पन्न तथा कार्यपालिका सदस्य कल्पना अधिकारीले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा अधिकृत कविता सुब्बाले कार्यक्रम संचालन गरेकी थिइन्।

कार्यक्रमले महिला अधिकारका विषयमा व्यापक छलफल गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रतिक्रिया