पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
काठमाडौं – पूर्वराजा समर्थकहरूको प्रदर्शनमा संलग्न अधिवक्ता स्वागत नेपालसहित थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु, र सन्तोष तामाङ रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए। त्यस्तै, ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ।
सुवेदी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया