निम्स हस्पिटलमा घुँडाको सफल दुरबिन शल्यक्रिया
झापा, दमक – दमक–९ स्थित निम्स नेशनल हस्पिटल प्रा. लि. मा एक ४५ वर्षीया भद्रपुर निवासी महिलाको सफल घुँडा शल्यक्रिया गरिएको छ।
उक्त महिला विगत दुई महिनादेखि लडेर घुँडा दुख्ने समस्याबाट पीडित थिइन्। समस्याको गहिरो जाँच गर्दा गरिएको MRI रिपोर्टमा घुँडाको कुर्कुरे हड्डी (Lateral Meniscus) च्यातिएको पुष्टि भएको थियो । गत २६ गते मंगलबार, अस्पतालमा दुरबिन प्रविधिबाट (Arthroscopy) सफलतापूर्वक Lateral Meniscus Repair शल्यक्रिया गरिएको हो।
शल्यक्रिया अस्पतालका वरिष्ठ ट्रमा, स्पोर्ट्स, जोइन्ट रिप्लेसमेन्ट तथा स्पाइन सर्जन डा. नवीन कुमार सिंह [MBBS (BPKIHS, Dharan); MS Ortho (AIIMS, New Delhi); Fellowship - Arthroscopy and Arthroplasty, Vienna, Austria], डा. रविन्द्र शाह (MD, Anaesthesia) तथा मुनादेवी धिमालको टोलीले संयुक्त रूपमा सम्पन्न गरेका हुन्।
वरिष्ठ सर्जन डा. नवीन कुमार सिंहका अनुसार,
“घुँडामा जम्मा दुईवटा सानो प्वाल बनाई दुरबिन प्रविधिबाट च्यातिएको मेनिस्कसलाई सिउन (Repair) गरिएको हो। बिरामीको अवस्था शल्यक्रियापछि सामान्य छ।”
निम्स हस्पिटलले यस किसिमका उच्चस्तरीय प्रविधि र दक्ष विशेषज्ञमार्फत स्थानीय स्तरमै जटिल हड्डी तथा जोड़ शल्यक्रिया उपलब्ध गराउँदै आएको जनाएको छ ।
प्रतिक्रिया