गौरादह नगर अस्पताल भवन निर्माणको सिल्यान्यास हुने प्रधानमन्त्री ओलीबाट चैत्र ३१ गते उद्घाटन
गौरादह, चैत २५ – गौरादह नगरपालिका–१, चैते चोकमा निर्माण हुने गौरादह नगर अस्पताल भवनको सिल्यान्यास आगामी चैत्र ३१ गते हुने भएको छ। वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार सिल्यान्यास कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।
संघीय सरकारको १८ करोड रुपैयाँको बजेटमध्ये बोलपत्र प्रक्रियाबाट १२ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। उक्त बजेटअन्तर्गत २,७०० वर्गमिटर क्षेत्रफलमा दुई तले आधुनिक अस्पताल भवन निर्माण गरिनेछ।
यो अस्पताल निर्माणले गौरादह क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया