वैशाख १८ २०८३, शुक्रबार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ

काठमाण्डौ – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् ।
Ads

 

गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले उज्यालोलाई जानकारी दिनुभयो । चण्डिका थापामगर र एउटा बालकको शव भेटिएको छ । अरू आठ जना हराइरहेका उहाँले बताउनुभयो ।

Ads

पहिरोले पाँच वटा घर बगाएर अँधेरी खोलामा पुर्‍याएकाले घरहरु कहाँ पुगे भन्ने थाहा छैन । घरकै नामनिशान नभएकाले हराइरहेका मानिस खोज्न पनि समस्या भएको उपाध्यक्ष थापामगरको भनाइ छ ।

पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको छ । अहिले घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरी पुगेर खोजी शुरु गरेका छन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार